×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

 बीचमै रोकिन सक्छ गभर्नर पौडेलको गभर्नर यात्रा, अदालतको आदेशले राष्ट्र बैंकमा देखिनसक्छ ‘गाईजात्रा’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

 बीचमै रोकिन सक्छ गभर्नर पौडेलको गभर्नर यात्रा, अदालतको आदेशले राष्ट्र बैंकमा देखिनसक्छ ‘गाईजात्रा’

Artha Sarokar

८ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गभर्नर पदमा डा. विश्वनाथ पौडेल नियुक्त हुन लागेको खबर सार्वजनिक भएपछि नेपाली काँग्रेसबाट चुनाव नै लडेका व्यक्ति गभर्नर हुन नपाउने भन्दै सर्वोच्चमा रिट पर्यो । तर, सरकारले नियुक्ति नै नगरेको अवस्थामात्रै होइन, सिफारिस समितिले उनको नाम नै सिफारिस नगरेको अवस्था भएकाले हल्लाकै भरमा कसैविरुद्ध रिट दर्ता नहुने भन्दै सो रिट दरपिठ भयो । सो दरपिठ विरुद्ध परेको मुद्दामा अदालतले सोही निर्णयलाई सदर गरिदियो । धेरैले यसलाई अव मुद्दा मामिला पनि टुङ्गियो भनेर बुझेका छन् । तर, अदालतको व्याख्या हेर्दा हल्लाकै भरमा उनी विरुद्ध रिट परेकाले सो रिट दरपिठ भएको थियो । अव पौडेलविरुद्धको रिट दर्ता भए अदालतको आदेश फरक आउन सक्ने र पौडेलको गभर्नर यात्रामा ब्रेक लाग्न सक्ने कानुनविद्हरू दाबी गर्छन् ।

यही तथ्य बुझेर केही वकिलहरूले पौडेलविरुद्धको रिट दर्ताको तयारीसमेत गरेका छन् । सरकारले नियुक्त नै गरिसकेको अवस्थामा पौडेलविरुद्धको रिट दर्ता पनि हुने र राष्ट्र बैंक ऐनअनुसार उनलाई गभर्नरको रुपमा काम गर्न रोक लाग्न सक्ने सम्भावनाबारे चर्चा भइरहेको छ ।

यद्यपि, पौडेलले भने २ बर्ष अघि नै उनले आफ्नो सक्रिय सदस्यता नवीकरण नगरेको दाबी गरेका छन् । उनी गत निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका तर्फबाट चुनाव उठेका थिए । त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उठेका हरि ढकालसँग उनी पराजित भएका थिए । 

नेपाल राष्ट्र बैंकले कुनै पनि राजनीतिक दलमा आवद्ध व्यक्ति गभर्नर बन्न नपाउने परिकल्पना गरेको छ । तर २ वर्ष अघि नै सक्रिय राजनीतिबाट बिदा भएको तर्क दिएर पौडेललाई गभर्नर पदमा नियुक्ति गरिएको थियो । सरकारले अघिल्लो दिन नै गभर्नर नियुक्त गरेको अवस्थामा पौडेलविरुद्धको रिट दर्ता हुने सम्भावना बढेपछि कानुनी परामर्शपछि सरकारले सो रिट दरपिठ गर्ने आदेश सदर भएपछि विश्वराज पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । यस विषयमा स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो देखाएका थिए भने नेपाली काँग्रेसका नेता शेर बहादुर देउवाले सो मुद्दा एमालेकै मान्छेले हालेकाले फिर्ता गर्न लगाउन ओलीलाई आग्रह गरेका थिए ।

अदालतले पौडेललाई हटाएको खण्डमा राष्ट्र बैंकमा अर्को गाईजात्रा देखिने निश्चितप्राय: छ । उनी हटेको खण्डमा पुन: अर्को गभर्नर नियुक्तिका लागि पुन: सिफारिस समितिको औपचारिकताको नाटक मञ्चन गर्नुपर्ने हुन्छ । यसले राष्ट्र बैँकलाई पुन: गिजोल्ने पक्कापक्की छ ।   

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी