काठमाडौँ । ज्योतिषहरुले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको कार्यकला पूरा नहुने संकेत गरेका छन् । उनी नियुक्त भएको दिनको साइत, उनको फलादेश र चीना हेर्दा उनले कार्यकाल पूरा गर्न नसक्ने स्थिति बन्नसक्ने तर्फ ज्योतिषहरुले संकेत गरेका हुन् ।
केही समय अघिमात्र पौडेलको चीना हरेको दाबी गर्ने एक ज्योतिषले यस्तो दाबी गरेका हुन् । ‘उहाँको चुनावका बेलामा पनि मैले चुनाव जित्न गाह्रो छ भनेको थिएँ । अन्त्यमा उहाँले हार्नु नै भयो । अहिले पनि उहाँको गभर्नर कार्यकाल सहज देखिएको छैन । उनले ५ बर्षे आफ्नो कार्यकाल पूरा नगर्न सक्ने देखिएको छ ।’ ती ज्योतिषीले अर्थ सरोकारसँग भने ।
नियुक्ति गर्ने दिन र उनको कुण्डली विश्लेषण गर्दा सो दिनको उनका लागि समय राम्रो नभएको र उनको कुण्डलीले पनि गभर्नरका रुपमा उनले निकै धेरै उतारचढावहरु सहनुपर्ने र उस्तै परे पदनै नरहनेसम्मको खड्को रहेको ती ज्योतिषको दाबी छ ।
अव ज्योतिषको दाबी मिल्छ कि मिल्दैन भन्ने विषय भने हेर्न बाँकी नै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्