×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

Artha Sarokar

८ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता भएको छ। नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का र फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्। सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का र फुकुवा अनलाइनबाट सम्पन्न हुने भएको छ ।

यसले आवास र सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी