काठमाडौँ । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने बाँकी कित्ता आईपीओ जेठ १३ गतेसम्म निष्कासन हुनेछ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । मेरो सेयर अनलाइनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि यसअघि नै निष्कासन गरेको थियो ।
त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ५८ हजार २०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि बाँडफाँड गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्