काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको हो ।
यो सेवा सञ्चालनमा आएसँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाईल बैंकिङ एप प्रयोग गरि कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने भएको छ । बैंकले आफ्नो स्मार्ट टेलर क्युआर प्रयोग गरि अन्य बैंकहरुको खाताको रकम झिक्न सकिने व्यवस्था मिलाईएको जनाएको छ ।
कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।