Skip to content
LAXMI SUNRISE BANK

१० वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ बंगलादेशी कम्पनीले गर्ने

अर्थ सरोकार

काठमाडौँ । नेपालका १० ठुला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण ‘लोन पोर्टफोलियो रिभ्यु’ बंगलादेशी कम्पनीले गर्ने भएको छ । बंगलादेशको लेखापरीक्षक फर्म हाउल्याडर युनुस एण्ड कम्पनीले १० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परिक्षण गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार १० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षणको लागि प्रस्ताव पेश गरेका कम्पनीमध्ये बंगलादेशको कम्पनी छनोट भएको हो ।

यसअघि राष्ट्र बैंकले बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्नका लागि ६ वटा कम्पनी सर्ट लिस्ट गरेको थियो । सर्ट लिस्टमा पर्नेमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हाउल्याडर युनुस एण्ड कम्पनी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस, भारत र नेपालको जेभी मेहरा–जेकेएसएस–एसएसबीडीआई, भारतको एमएसकेए एण्ड एसोसिएट, भारत र नेपालको जेभी एसआरबीए एण्ड बीके अग्रवाल एण्ड कम्पनी सर्ट लिस्टमा परेका थिए ।

जसमध्ये वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षणका लागि बंगलादेशको हाउल्याडर युनुस एण्ड कम्पनी छनोट भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK