काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा नबनेका मोबाइल फोनहरुमा कर लगाउने चेतावनी दिएका छन् । एप्पललाई लक्षित गर्दै उनले सामसुङ र अन्य स्मार्टफोन उत्पादकहरूमा कर लगाउने चेतावनी दिएका हुन् ।
अमेरिकामा नबनेका फोनमा कर लगाउने व्यवस्था जुनको अन्त्यमा लागू हुने ट्रम्पको भनाई छ ।
सामसुङ दक्षिण कोरियाली कम्पनी हो । जसको ग्यालेक्सी सिरिज एप्पलको आईफोनको प्रमुख प्रतिस्पर्धी हो । केही दिनअघि ट्रम्पले सामाजिक सञ्जालमा जबसम्म आईफोनहरू संयुक्त राज्य अमेरिकामा बनाइँदैनन् तबसम्म उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताएका छन् ।
ट्रम्पले वार्तामा अपर्याप्त प्रगति भएको उल्लेख गर्दै जुन १ देखि युरोपेली संघबाट हुने सबै आयातहरूमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । जुन १ २०२५ देखि युरोपेली संघमा सिधा ५० प्रतिशत ट्यारिफ सिफारिस गर्ने ट्रम्पको भनाई छ ।