Skip to content
LAXMI SUNRISE BANK

१० महिनामा २४ अर्बबढीको मोबाइल आयात, साढे ४ अर्ब राजश्व संकलन

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो १० महिनामा २४ अर्बबढीको मोबाइल आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको अवधिमा २४ अर्ब १ करोड रुपैयाँ बराबरको १५ लाख २८ हजार थान मोबाइल आयात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा विभिन्न देशबाट २४ अर्बबढीको मोबाइल आयात हुँदा ४ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा यस वर्ष ४ अर्ब ७५ करोड रुपैयाँले मोबाइल आयात घटेको देखिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को १० महिनामा २८ अर्ब ३६ करोड रुपैयाँ बराबरको १७ लाख ८५ हजार थान मोबाइल आयात भएको थियो । सो अवधिमा ५ अर्ब ३६ करोड राजश्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK