काठमाडौं । विश्व वातावरण दिवस २०८२ का अवसरमा नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा ‘वेस्ट ह्याकाथन’ आयोजना हुने भएको छ ।
एनसेल फाउण्डेसन, खाली सिसी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा आयोजना हुन लागेको राष्ट्रियस्तरको यो कार्यक्रमले प्रविधि विज्ञ, सिर्जनशील व्यक्तिहरू, उद्यमीहरू र जलवायुका अभियन्ता समेटेर फोहोर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रम जेठ २२ मा बूढानीलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना हुँदैछ । कार्यक्रममा समाधानकर्ताहरू फोहोरलाई अवसरका रूपमा परिवर्तन गर्ने कार्यमा संलग्न हुनेछन् ।
यो ह्याकाथन डिजिटल प्रविधिमा आधारित हुँदै काम गर्दै आएका सेवा प्रदायक, नेपालको औपचारिक फोहोर व्यवस्थापन क्षेत्र र प्रगतिशील स्थानीय सरकारबीचको सार्वजनिक-निजी साझेदारीको एक सशक्त उदाहरण हुने जनाइएको छ ।
ह्याकाथनको उद्देश्य फोहोर व्यवस्थापन, रिसाइकल पूर्वाधार, प्लास्टिक प्रदूषण र फोहोरमैला व्यवस्थापनमा काम गर्ने अनौपचारिक कामदारहरू विशेष गरी महिला सशक्तीकरणका लागि प्रविधिमा आधारित समाधान विकास गर्नु हो ।
‘डिजिटल इनोभेसन र वातावरण संरक्षण प्रयास एकै प्लेटफर्ममा जोड्ने यस किसिमको नवीन पहलमा साथ दिन पाउँदा हामी निकै खुसी छौं,’ एनसेल फाउण्डेसन एण्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन्, ‘यस ह्याकाथनले नेपालको सबैभन्दा चुनौतीपूर्ण समस्यामध्येको एक फोहोर व्यवस्थापनका लागि सिर्जनात्मक र प्रविधिमा आधारित समाधानहरूको विकास गर्ने विश्वास लिएका छौं ।’
नेपालमा दैनिक ३ हजार टनभन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ, तर औपचारिक रिसाइकल प्रणाली अझै विकासोन्मुख अवस्थामा रहेको र फोहर व्यवस्थापन क्षेत्रमा महिला सहभागिता ५ प्रतिशतभन्दा कम छ ।
‘यो ह्याकथनले अहिलेको परिस्थिति परिवर्तन गर्दै नवीन, समावेशी र कार्यान्वयनयोग्य विचार प्रोत्साहन गर्दै समुदाय र जलवायु दिगोपनमा आधारित परिवर्तनशील अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको छ,’ खालिसिसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमुन थापाले भने, ‘यो केवल ह्याकाथन मात्र होइन, फोहोरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनः परिकल्पना गर्ने राष्ट्रिय आह्वान हो । यस प्लेटफर्म मार्फत हामी समस्या समाधान गर्न दिगो प्रणाली विकासका लागि युवा, महिला र प्रविधिकर्मीहरूलाई सक्षम बनाउने मार्ग निर्माण गर्दैछौं ।’
ह्याकथनमा सहभागी हुन १५ जेठसम्म आवेदन खुला रहेको छ । यसमा विद्यार्थी, स्टार्टअप, इन्जिनियर, डिजाइनर, कोडर, फोहोरमैला व्यवस्थापनमा अनौपचारिक रूपमा योगदान पुर्याउँदै आएका लगायत सफा तथा स्मार्ट नेपाल बनाउन इच्छुक सबैले भाग लिन सक्नेछन् ।
ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँविनाको फोहोर, फोहोरमा महिलाको उद्यमशीलता र डिजिटाइज ट्र्यास गरी चार मुख्य विषयगत क्षेत्रमा प्रतियोगीले समाधान विकास गर्नुपर्ने छ ।
यस ह्याकाथनलाई गोल्यान ग्रुप, प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सीएनआईवाईईएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउड फ्याक्ट्री, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, व्यापार पाठशाला, एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले सहयोग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्