काठमाडौँ । सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार मुलुकमा करिब ९६.८५ प्रतिशतमा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गर्नुभएको सो प्रतिवेदनमा २०८१ फागुनसम्ममा ९६. ८५ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको उल्लेख छ । ‘२०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या ९६.८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर) सेवाको पहुँच पुगेको जनसङ्ख्या २८।५० प्रतिशत पुगेको छ,’ सर्वेक्षणमा भनिएको छ, “विसं २०८१ असारसम्म यस्तो जनसङ्ख्या क्रमशः ९६. ७५ प्रतिशत र २७. ७६ प्रतिशत रहेको थियो ।’
चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न १७ खानेपानी आयोजना सम्पन्न भएको र सम्पन्न भएका आयोजनाबाट यस अवधिमा थप दुई लाख पाँच हजार ५६९ जनसङ्ख्यामा खानेपानी सेवा विस्तार भएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणअनुसार मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत खानेपानी वितरणका लागि ७९६ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेकामा २०८१ फागुनसम्म ७६० किलोमिटर पाइपलाइन बिछ्याइ सकिएको छ ।
यसैगरी, काठमाडौँ उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४६ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४०० स्थानमा बर्सातको पानी सङ्कलन प्रविधि जडान भएको सर्वेक्षणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्