Skip to content
LAXMI SUNRISE BANK

रुपन्देहीमा नेपालकै सबैभन्दा ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालनमा 

अर्थ सरोकार

काठमाडौँ । रुपन्देहीमा नेपालकै सबैभन्दा ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रोहिणी गाउँपालिकामा उक्त उद्योग सञ्चालनमा भएको हो । 

भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड लगानीमा रोहिणी गाउँपालिका-४ कोटहवामा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि. मार्फत गत वर्षदेखि मल उत्पादन शुरु भएको थियो । 

प्रतिदिन २ सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको उद्योगले हाल रत्नम ब्राण्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको छ । उद्योगको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन् । 

नेपालमा वार्षिक ५ लाख ३० हजार मेट्रिक टन रासायनिक मलको माग छ । रासायनिक मल खरिदमा मात्रै मुलुकको झन्डै ४० अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK