काठमाडौँ । नेपाल एसबिआई बैंकले रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका, वडा नं- ०४, मनौरा स्थित श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामाग्री प्रदान गरेको हो ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले श्री राम जानकी अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको जनाएको छ ।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्