
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंक स्वामित्वमा रहेको झन्डै ४ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त सेयरमा आज कार्यालय समयसम्म आवेदन सकिने भएको हो । बैंकले आरएमडीसी लघुवित्तको २ लाख ८६ हजार १९५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता र महुली लघुवित्तको ५५ हजार ५७० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४७७ रुपैयाँ, मेरोको सेयरमा ५७५ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम ७६८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्