Skip to content
LAXMI SUNRISE BANK

गर्मीसँगै बढ्यो फलफूलको व्यापार, व्यापारी उत्साहित

अर्थ सरोकार

काठमाडौँ । गर्मी बढेसँगै काठमाडौँ उपत्यकामा फलफूलको व्यापार/व्यवसाय बढेको छ । पछिल्लो केही दिनदेखिको चर्को गर्मीको कारण काठमाडौँमा फलफूलको व्यवसाय फस्टाएको हो ।

गर्मी बढेसँगै खरबुजा, केरा, सुन्तला, आँप, नरिवल, मेवा, अङ्गुर, स्याउ लगायतका फलफूलहरूको बिक्री बढेको छ । पछिल्लो केही दिनदेखि गर्मी बढेसँगै काठमाडौँका फलफूल पसलहरूमा उपभोक्ताको भीडभाड बढेका छ ।

गर्मीमा शीतलता महसुस गराउने फलफूलहरू ग्राहकको प्राथमिकतामा परेका छन् । फलफूल तथा जुस व्यवसायीका अनुसार पछिल्लो केही दिनयता उखु र नरिवलको जुसको माग पनि ह्वात्तै बढेको छ । गर्मी याममा शरीरलाई चिसो राख्न र डिहाइड्रेसनबाट बच्न फलफूल र जुसहरूको ठूलो भूमिका हुन्छ ।

तरबुजा, खरबुजा, आँप, अनार, सुन्तला, स्ट्रबेरी, ब्लु बेरी जस्ता बेरी फलहरू, नरिवल पानी, बेलको जुस र निम्बू पानीको व्यापार बढेसँगै व्यवसायीहरू पनि उत्साहित बनेका छन् । पछिल्लो समयले ग्राहकले बोत्तलको जुस तथा पेयपदार्थ भन्दा फलफूलको जुसलाई बढी रुचाउने गरेको व्यवसायीहरु बताउँछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK