काठमाडौँ । २०८१ पुसदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारेमा जानकारी गराएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार २०८१ पुषदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ ।
यस अवधिमा रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा थप घुम्ती टोली समेत खटाई राहदानीको सेवा प्रदान गरिएको उनको भनाइ छ । परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका उपाय प्रस्तुत गर्न समिति गठन गरिएको पनि जानकारी दिएकी छिन् ।
वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेश गर्नेगरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा एक समिति गठन गरिएको राणाको भनाई छ । उनले बढ्दो कार्यचाप, बदलिँदो भूराजनीति र कूटनीतिक परिवेशबीच परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भई मन्त्रालयमा सार्वजनिक कुटनीति, आर्थिक कुटनीति, श्रम आप्रवासन लगायतका नयाँ महाशाखाहरु सिर्जना गरिएको जानकारी दिएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्