Skip to content
LAXMI SUNRISE BANK

ट्रेड टावरको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो ?

अर्थ सरोकार

काठमाडौँ । ट्रेड टावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ असार १ गते होटल क्रिष्टल, गौशालामा बाँडफाँड भएको हो ।

कम्पनीले जेठ १४ गते ३२ करोड ९६ लाख ५० हजार ५ सय १९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीको उक्त आईपीओमा २० लाख ७४ हजार २ सय ८५ जनाले २ करोड ४१ लाख १७ हजार ४ सय ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८ सय ९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३ सय ८८ आवेदन स्वीकृत भएका छन् ।

माग भन्दा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गरेको हो । जसमध्ये ३ लाख २९ हजार ६ सय ५० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK