काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको बताएका छन् ।
उनले बङ्गलादेशले अघिल्लो वर्षको विद्युत् भुक्तानी समयमै गर्न नसकेको स्वीकार गर्दै त्यो बैङ्क ग्यारेन्टीको दायराभित्र पर्ने जिकिर गरेका छन् । उनले भारत र अडानी ग्रुपसँगको सम्झौताजस्तो संवेदनशील अवस्था नेपाल र बङ्गलादेशबिच नरहेको पनि दाबी गरेका छन् ।
त्यस्तै, मन्त्री खड्काले २८, ५०० मेगावाटको लक्ष्य प्राप्तिको लागि प्रक्रियागत सुधारका कामहरू भइरहेको समेत बताएका छन् । उनले लक्ष्य प्राप्तिमा कुनै समस्या नहुने दाबी समेत गरे ।
नेपालले आइतबारदेखि बङ्गलादेशमा व्यावसायिक रूपमा पहिलो पटक विद्युत निर्यात सुरु गरेको छ । आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी भारतमा दश हजार मेगावाट र बङ्गलादेशमा ५ हजार मेगावाट गरी १५ हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्ने नेपालले लक्ष्य लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्