काठमाडौँ । मालिबुङ इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १ गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।
कम्पनीले बोर्डबाट जारी पूँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्कासनको अनुमति पाएको छ ।
जसअनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५ सय ३० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्