काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्यको संलग्नतामा मानव बेचबिखन भइरहेको गम्भीर आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले विगत २० दिनदेखि यो विषय सार्वजनिक रुपमा चर्चामा आएको भन्दै राज्य संयन्त्र स्वयम् यसमा संलग्न भएको बताएका हुन् ।
‘विगत लामो समयदेखि, २०औँ दिनदेखि भिजिट भिसाको आवरणमा राज्यको संयन्त्रले निजी बनाएर गरिरहेको मानव बेचबिखनको कुरा बाहिर आएका छन् ।’, उनले भने, ‘यो राज्य जनताको लागि हो कि शासकहरूको लागि हो ? आफ्नै नागरिकलाई अनेक कानुन बनाएर, संरचना बनाएर बेचबिखन गर्ने, तस्करी गर्ने राज्यलाई कसले जवाफदेही बनाउने ?’
त्यस्तै, परियारले राज्य जनताको हितका लागि हुनुपर्नेमा, आजको राज्य व्यवस्था शासकहरुको स्वार्थमा सीमित भएको टिप्पणी गरेका छन् । ‘आम नागरिकको सुरक्षाका लागि, जनताको हितका लागि राज्य अवधारणा आएको हो, ताकी शासकहरूको लागि होइन ।’, उनले भने ।
संसद्मा संख्या र सत्ताको दम्भ देखाउँदै जनताका मुद्दा बेवास्ता गरिएकोप्रति पनि उनले आक्रोश व्यक्त गरे । ‘हजुरहरुसँग संसद्मा संख्या होला, दम्भ होला ।’, परियारले भने, ‘जब शासकहरूको आफ्नै इतिहास लेख्ने इतिहासकारहरू हुने छन्, त्यतिबेलासम्म सिकारको होइन, सिकारीको इतिहास लेखिने छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्