काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्यन र छानबिन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यसविषयलाई गम्भीररुपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् । उनले भने, ‘भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्यन र छानबिन गर्न जरुरी छ । म सरकारसँग आग्रह गर्छु अब ३० दिन लगाउन जरुरी छैन, केही दिनमा तत्काल समिति गठन गरेर छानबिन गरियोस् ।’
त्यस्तै, उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सरकारले प्रतिबद्धता जनाएको स्मरण गर्दै कुनै बाहानामा सो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्न बताए । ‘हामीले सदनभित्र असार १५ गतेभित्र शिक्षा विधेयक पारित गरिसक्ने लाखौं शिक्षकसँग सरकारले प्रतिबद्धता गरेको छ । हामीले त्यो विधेयक पारित गर्नुपर्ने छ । सरकार कुनै पनि बाहानामा त्यो त्यो जिम्मेवारीबाट नपन्छियोस् ।’ उनले भने ।
निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने शक्ति बस्नेतले बोल्ने क्रममा नाराबाजी रोकेर मौन समर्थन जनाएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्