×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

Artha Sarokar

३ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई काठमाडौँ जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सम्पन्न भएपछि यस्तो आदेश दिइएको हो ।

राणाले सोमबार अदालतमा उपस्थित भई बयान दिएका थिए । त्यसपछि थुनछेक सम्बन्धी बहस भएको थियो । राणाको तर्फबाट डा. भीमार्जुन आचार्य, सतिशकृष्ण खरेल, गोविन्द बन्दी, विष्णु भट्टराई र राजु बस्नेतलगायत कानुनी प्रतिनिधिहरूले बहस गरेका थिए । सरकारी पक्षबाट चारजना सरकारी वकिलहरूले प्रतिवाद प्रस्तुत गरेका थिए ।

गत चैत १५ गते पक्राउ परेका डा. राणा उमेर र स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटेका थिए । प्रहरीले अभियोजन प्रक्रिया अघि बढाउँदा उनी अदालतमा उपस्थित भएका थिएनन् । सोमबार भने उनी स्वयम् अदालतमा उपस्थित भएर बयान दिएका हुन् ।

यही प्रकरणमा राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी