×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Artha Sarokar

३ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले गत वैशाख ३० गतेदेखि हाल सम्म कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बराबरको १ः०.२७ अनुपातमा १०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेको थियो । त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले कम्पनीको पुतलीसडक कार्यालय, कम्पनीको विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी शाखा कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी