काठमाडौँ । एयर इण्डियाको विमान दुर्घटनामा ६४ अर्ब रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ । भारतीय पुनर्बीमक जिआइसी रिलेका अनुसार भारतको अहमदाबादमा गत बिहीबार भएको दुर्घटनामा ४० अर्ब भारतीय रुपैयाँ अर्थात ६४ अर्ब रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको हो ।
एयर इण्डियाको एआई १७१ बोइङ ड्रिमलाइनर विमान दुर्घटना हुँदा विमान सवार २ सय ४१ यात्रुसहित १ सय ७० जनाको मृत्यु भएको थियो ।
हाल विमान दुर्घटनामा भएको क्षतिको मुल्यांकनको रिपोर्ट तयार गर्ने काम भइरहेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार दुर्घटनामा परेको विमानमा विदेशी यात्रुको संख्या समेत रहेकाले विमानको क्षति भन्दा यात्रु दायित्व दाबी बढी हुने देखिएको छ ।
हाल विभिन्न सञ्चार माध्यमहरुले जनाए अनुसार विमानको पुनर्बीमा कम्पनीलाई ८ करोड र इन्जिनका लागि थप ४० करोड अमेरिकी डलर क्षति हुनेछ । विमान र यात्रु दायित्व जोखिमहरु सहित कुल बीमा भुक्तानी १० देखि १६ अर्ब भारतीय रुपैयाँ नाघ्ने अनुमान गरिएको छ ।