काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोध जारी राखेका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
सभामुखले सदनको कारबाही शुरु गरेलगत्तै उनीहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरु, अध्यागमन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताइन् ।
उनले भिजिट भिसा प्रकरणले नेपालको इज्जत घटाउनुका साथै गरिमा धूमिल बनाएको बताइन् । आपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको उनको आरोप छ ।
२०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने सांसद कार्कीले बताइन् । उनले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाइ दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न आग्रह गरेकी छिन् । सरकारले रोष्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरुले अपराधी नभनेको बरु भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानविन समिति वा न्यायिक आयोग गठन गर्न माग गरेको बताएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्