काठमाडौँ । युके पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रकम ठगी गरेको आरोपमा ३१ वर्षिया रमिला अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असार ३ गते काठमाडौँ महानगरपालिका वडा नं. ४ चण्डोलबाट पक्राउ गरेको हो । निरज कुमार थारुले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्