Skip to content
LAXMI SUNRISE BANK

सरकारी जागिर खाने सुनौलो अवसर, प्रहरीले माग्यो खुल्यो ठूलो संख्यामा कर्मचारी

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले प्रहरी जवान पदमा १ हजार ८ सय ४२ जनाको लागि नयाँ भर्ती खुला गरेको हो ।

मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १ सय ६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो । यस अनुसार थप उम्मेदवारलाई प्रहरी सेवामा प्रवेशको बाटो खुलेको छ । थप गरिएको पद संख्या सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भएको पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रहरीको सूचना अनुसार खुला प्रतिस्पर्धामार्फत ९ सय ९३ जना, आदिवासी/जनजातितर्फ २ सय ६० जना, मेधशीतर्फ २ सय २८ जना, महिलातर्फ १ सय ६२ जना, दलिततर्फ १ सय २२ जना, पिछडिएको क्षेत्रतर्फ ४० जना र अमर अशक्त प्रहरी परिवारतर्फ ३७ जनाबाट आवेदन मागेको छ । 

नयाँ पद संख्या थपसँगै धेरै युवाहरूका लागि सरकारी सेवामा प्रवेश गर्ने अवसर थपिएको छ । इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्ने प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK