काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
थापासहित १४ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन् ।
अख्तियारका ती अधिकारीका अनुसार उनीहरुमाथि मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप छ । उनीहरुले पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।