काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रेशम बहादुर जुग्जालीले प्रदेश सभाको ‘रोष्टम’मै बजेट पुस्तिका च्यातेका छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि छलफलका क्रममा ‘रोष्टम’बाटै बजेट पुस्तिका च्यातेका हुन् ।
सांसद जुग्जाली पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् । उनले यसपालि प्रदेश सरकारले ल्याएको बजेट पूर्वाग्रही भएको बन्दै पुस्तिका च्यातेका हुन् ।
भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा मन्दिरमा धेरै बजेट छुट्याइएको भन्दै बजेटबाट सबैभन्दा धेरै देवीदेवता नै खुसी भएको भन्दै कटाक्ष समेत गरेका छन् । उनले अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै विनियोजित बजेटमाथि प्रश्न गरेका छन् ।
यसअघि संघीय संसद्मा पनि एकीकृत समाजवादीका सांसद अमर बहादुर थापाले पनि भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्