काठमाडौँ । देशको केन्द्रीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने सडकमध्ये टीकाभैरव-हेटौँडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो ।
पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौँडा हुँदै पूर्व जाने सवारीसाधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५ः३० सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।
यसो त टीकाभैरव-हेटौँडा सडक पनि जोखिम रहित भने छैन। टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म) ठाउँठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ ।
यसैगरी भिमफेदी (बागमती खोला) देखि मकवानपुर गढीसम्म ठाउँठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगाहरु खस्ने भइरहेको छ । बाटो निर्माणको काम पनि भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः