Skip to content
LAXMI SUNRISE BANK

‘जङ्गली रातो बाँदर र बँदेल’ कृषि हानिकारक वन्यजन्तु घोषणा 

अर्थ सरोकार

काठमाडौँ । सरकारले जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । 

जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको बारे वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जानकारी दिएका छन् । 

त्यस्तै, उनले आगामी आर्थिक वर्षको बजेटमा वन्यजन्तुको आक्रमणबाट भएको क्षतिको राहत दिने व्यवस्था राखिएको पनि बताएका छन् । 

वन्यजन्तुले कृषि बाली, मानवीय वा पशुधनमा क्षति पुर्याएमा सरकारले त्यसबापत किसानलाई राहत दिने मन्त्री शाहीले बताए । शाहीका अनुसार त्यसका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री शाहीको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK