काठमाडौँ। नेपाली बजारमा सुकेको प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पछिल्लो तीन दिनमा प्याजको भाउ किलोमा ६ रुपैयाँले बढेको हो।
कालीमाटी बजारमा मंगलबार प्याजको भाउ थोकमा किलोको न्यूनतम ४६ देखि अधिकतम ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुकेको प्याज थोकमा प्रतिकिलो न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा किनबेच भएको थियो भने असार १ गते सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।
यता, कालीमाटी बजारमा असार १० गते अर्थात् मंगलबार भारतीय सुकेको प्याज न्यूनतम मूल्य प्रतिकिलो ४६, अधिकतम मूल्य ५० र औसत मूल्य ५८ रुपैयाँमा किनबेच भइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्