×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्ट्रेलियाको मुद्रास्फीति सन् २०२५ को सबैभन्दा न्यून

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अस्ट्रेलियाको मुद्रास्फीति सन् २०२५ को सबैभन्दा न्यून

Artha Sarokar

११ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अस्ट्रेलियाको मुद्रास्फीति सन् २०२५ को सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । मुद्रास्फीति मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून वार्षिक बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको हो ।

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस)का अनुसार, उपभोक्ता मूल्य सूचकांक मे महिनासम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले मात्र बढेको हो । यो दर यस वर्षको अप्रिलमा रहेको २.४ प्रतिशतबाट घटेको हो र सन् २०२४ को अक्टोबरपछि सबैभन्दा न्यून वार्षिक वृद्धि हो । यता, अर्थशास्त्रीहरूले भने २. ३ प्रतिशत वृद्धिको अनुमान गरेका थिए, जुन वास्तविक तथ्याङ्कभन्दा माथि थियो ।

रिजर्भ बैंक अफ अस्ट्रेलियाले प्रयोग गर्ने मुद्रास्फीतिको मुख्य मापन – छाँटकाँट गरिएको औसत दर  पनि अप्रिलको २.८ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा झरेको छ । एबीएसका तथ्याङ्क प्रमुख मिचेल माक्र्वार्टका अनुसार, यो दर नोभेम्बर २०२१ पछि सबैभन्दा कम हो ।

एबीएसले जनाएको छ कि मे महिनामा खाद्य तथा मादक पदार्थ, आवास, रक्सी र सुर्तीजन्य वस्तुहरूले उपभोक्ता मूल्य सूचकांक वृद्धिमा प्रमुख योगदान दिएका थिए । खाद्य तथा मादक पदार्थको मूल्य गत वर्षको अप्रिलमा ३.१ प्रतिशतले बढेको थियो भने यो वर्ष २. ९ प्रतिशतको वृद्धिमा सीमित भएको छ ।

त्यस्तै, भाडा दर पनि ४.५ प्रतिशतमा झरेको छ, जुन डिसेम्बर २०२२ पछिको सबैभन्दा न्यून वार्षिक वृद्धि हो । बिजुलीको मूल्यमा ५.९ प्रतिशतको गिरावट आएको छ, जुन सरकारी छुटहरूद्वारा प्रभावित भएको हो । मोटर इन्धनको मूल्यमा समेत १० प्रतिशतले गिरावट आएको छ, जुन सेप्टेम्बर २०२२ पछि सबैभन्दा कम हो ।

विश्लेषकहरूका अनुसार मुद्रास्फीतिमा आएको यो गिरावटले रिजर्भ बैंकलाई ब्याजदर नीतिमा लचकता ल्याउने सम्भावनालाई बल पुर्‍याएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी