Skip to content
LAXMI SUNRISE BANK

कोशीमा सिटी रिक्साको लाइसेन्स लिन लिखित परीक्षा दिनु नपर्ने ! 

अर्थ सरोकार

काठमाडौँ । कोशीमा सिटी रिक्साको लाइसेन्स लिन लिखित परीक्षा दिनु नपर्ने भएको छ । कोशी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो । 

योसँगै अब कोशी प्रदेशमा सिटी रिक्साको लाइसेन्स लिनका लागि चालकले लिखित परीक्षा नै दिनु नपर्ने भएको छ । 

नियमावली संशोधनपछि गरिएको व्यवस्थाले सिटी रिक्साको लाइसेन्स प्रक्रिया, दर्ता प्रक्रिया र लाइसेन्स लिने प्रक्रियाहरुमा सुधार हुने प्रदेश सरकारले अपेक्षा गरेको छ । 

त्यसबाहेक नियमावलीमा लिखित परीक्षाको साटो चालकले ट्राफिक नियम प्रशिक्षण लिनुपर्ने र सार्वजनिक सवारी साधनहरुले पञ्जीकृत हुनु नपर्ने लगायतका व्यवस्था पनि समेटिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK