काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय जगदिश महरा, ३७ वर्षीय डिल बहादुर आले मगर र ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।
उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर दक्षिण करोया, सर्बिया, रोमानियालगायतका देश पठाउने भन्दै पीडितबाट रकम ठगी गरेर सम्पर्क विहीन भएका थिए ।
महराले दक्षिण कोरिया पठाउने भन्दै १७ लाख ८५ हजार, आले मगरले सर्बिया पठाउने भन्दै ५ लाख १० हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै ६ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।