×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जनसंख्याको आधारमा बजेट विनियोजन गर्नुपर्छ’- सांसद दाहाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘जनसंख्याको आधारमा बजेट विनियोजन गर्नुपर्छ’- सांसद दाहाल

Artha Sarokar

१५ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छिन् । आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले बजेट विनियोजनमा जनसंख्याको असन्तुलनलाई ध्यान दिनुपर्ने बताइन् । कहीँ जनसंख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोही अनुसारको बजेट विनियोजन हुनुपर्नेमा त्यसो हुन नसकेको सांसद दाहालले जिकिर गरेकी छिन् ।

राष्ट्रिय जनसंख्या नीति परिमार्जन गरी ग्रामीण क्षेत्रको आधारभुत विकासको आधारशिला र जनताको आधारभुत आवश्यकता परिपूर्तिको लागि ठोस योजना ल्याउन आवश्यक रहेको उनले बताएकी छिन् । 

त्यस्तै, सांसद दाहालले खानेपानीका मुहानहरुको संरक्षणमा जोड दिनुपर्ने पनि बताएकी छिन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी