काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दुई ब्रोकर कम्पनीलाई कारवाही गरेको छ । ब्रोडले धितोपत्र कारोबारसम्बन्धी कानुनको उल्लंघन गरेको भन्दै ब्रोकर नं. १०१ एप्पल सेक्युरिटिज र ब्रोकर नं. ९३ बेनी सेक्युरिटिजलाई कारवाही स्वरूप जरिवाना तिराएको हो ।
दुबै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा अन्य आवश्यक आर्थिक विवरण नेपाल धितोपत्र बोर्डमा पेस नगरेको पाइएपछि बोर्डले पाँच-पाँच हजार रुपैयाँ नगद जरिवाना तिराएको बोर्डले जनाएको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा सो अन्तर्गतका नियमावलीअनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा ब्रोकरहरूले आफ्नो लेखापरीक्षण गरिएको वित्तीय विवरण बोर्डमा अनिवार्य रूपमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, सम्बन्धित कम्पनीहरूले कानुन उल्लंघन गर्दै निर्धारण गरिएको समयमा विवरण पेश नगरेको कारण कारवाहीको प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ ।