×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

Artha Sarokar

१९ असार २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा असार १८ गते बुधवारसम्म १ खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ । 

यो खर्च विनियोजन बजेटको तुलनामा ४६.५९ प्रतिशत हो । यो गत वर्ष २०८०/८१ मा भन्दा पनि कमजोर रहेको सरकारी तथ्यांकले देखाउँछ । 

महालेखाका अनुसार गत आर्थिक वर्षमा सरकारले ३ खर्ब २ अर्बको पुँजीगत बजेट ल्याएको थियो । गत वर्षको असार १८ सम्ममा पुँजीगत बजेट ४८.५७ प्रतिशत खर्च गरिसकेको थियो । नेपाली काँग्रेस र नेकपा एमालेको दुई तिहाइको सरकार देशमा हुँदा पनि विकासको गति अझै पनि सुस्त रहेको तथ्यांकले देखाएको छ । 

विकास खर्चमा भन्दा बरु सरकारले चालु आवको अहिलेसम्म ऋणको साबा ब्याजसहित दायित्व भुक्तानीमा ठूलो रकम खर्च गरेको तथ्यले देखाउँछ । महालेखाका अनुसार चालु आर्थिक वर्षमा विकास बजेट भन्दा पनि ज्यादा अर्थात ३ खर्ब ६७ अर्ब बजेट ऋणको दायित्व व्यवस्थापनमा छुट्याएको थियो । जसअन्तर्गत अहिलेसम्म विनियोजित बजेट मध्ये ३ खर्ब ११ अर्ब बजेट ऋणको साँवा ब्याजसहितमा खर्च सरकारले गरिसकेको छ । अर्थात उक्त शीर्षकमा छुट्याइएको बजेट मध्ये करिव ८६ प्रतिशत खर्च भइसकेको छ । 

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समग्र पक्ष हेर्ने हो भने कुल बजेट करिव ७५ प्रतिशत खर्च भइसकेको छ । यस आ.व.का लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो तर मध्यावधि समीक्षामार्फत तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याउनुभएको बजेटलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिव २ खर्बले घटाउनुभएको थियो । चालु बजेटको सबैभन्दा बढि चालू खर्च भएको छ । ११ खर्ब ४० अर्ब यो शिर्षकमा विनियोजन गरिएकोमा अहिलेसम्म करिव ८२ प्रतिशत खर्च भइसकेको छ । चालु बजेट खासगरी विकास निर्माणका कार्यमा भन्दा पनि कर्मचारीको तलब, भत्ता, कार्यालय संचालनजस्ता प्रशासनिक कार्यहरुमा खर्च हुने गरेको छ । प्रत्येक वर्ष यस्तो खर्च भारी रुपमा बढ्दै गइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी