×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको राजिनामा, भने- ‘धेरै ढिला भयो, तत्काल राजिनामा दिनुपर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको राजिनामा, भने- ‘धेरै ढिला भयो, तत्काल राजिनामा दिनुपर्छ’

Artha Sarokar

१९ असार २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्षको राजिनामा मागेका छन् । उनले केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलसँग राजिनामा मागेका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत पावेलको राजिनामा मागेका हुन् । उनले लेखेका छन्, ‘धेरै ढिला भयो, उनले तुरुन्तै राजिनामा दिनुपर्छ ।’ 

ब्याजदर नघटाएको भन्दै लगातार पावेलको आलोचना गर्दै आइरहेका ट्रम्पले अहिले भने तत्काल राजिनामा दिन भनेका छन् । पावेललाई ट्रम्पले नै केन्द्रीय बैंकको जिम्मेवारी दिएका थिए ।

यता पावेलले भने ट्रम्पकै नीतिका कारण ब्याजदर घटाउन नसकिएको बताउँदै आएका छन् । उनले ट्रम्पका भन्सार नीतिहरुले अर्थतन्त्रमा असर नगरेको भए पहिले नै ब्याजदर घटिसक्ने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी