काठमाडौँ । बर्दगोरिया गाउँपालिका-२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छिन् ।
उनले दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेकी हुन् । पटक-पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरेको बताईन् ।
हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक रु ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताईन् । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिईन् ।
उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने हुँदा विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न सुझाब दिईन् । सहकारीको सहयोगको पनि उनले सराहना गरिन् ।