×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

Artha Sarokar

२० असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

कालो सूचीमा सिफारिस भएका निर्माण व्यवसायी र आपूर्तिकर्तामा शिवम् कन्स्ट्रक्सन (नेपालगञ्ज), ग्यालेक्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि.(टोखा, काठमाडौँ), जय मयुरी ट्रेडिङ प्रा.लि. (पीपलचोक, मोरङ), पूर्णागिरि निर्माण सेवा (अमरगढी, डडेल्धुरा), जि.बि. मेटल क्राफ्ट एन्ड सप्लायर्स प्रा.लि. (वीरगञ्ज, पर्सा) र सिल्क/सिनोम्याक /ग्लोबलम्याटिक्स/विध जे.भी. (कुपण्डोल, ललितपुर) रहेका छन् ।

त्यस्तै, यू एण्ड आईरहिमचुली जे.भी. (ठूलीभेरी, डोल्पा), दुर्गा निर्माण सेवा (सोरहवा, बर्दिया), दिप ज्योती निर्माण सेवा (बरियारपट्टी, सिराहा) र एमएस सहयोगी कन्ट्र्याक्टर तथा ट्रेडिङ कम्पनीलाई पनि कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी