×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेताहरुको रगतमै भ्रष्टाचार छ’- रोशन कार्की

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘नेताहरुको रगतमै भ्रष्टाचार छ’- रोशन कार्की

Artha Sarokar

२३ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेताहरुको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

सांसद कार्कीले उड्दै नउड्ने जहाज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताएकी छिन् ।

भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नेताहरु व्याप्त भइसकेको सांसद कार्कीको आरोप छ । उनले जहाज चढ्दा आफ्ना भगवानहरु पुकार्दै चढ्न नपर्ने, सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वासका साथ चढ्न पाउने र नातागोताले पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्नसक्ने स्थिति बनाउन जोड दिएकी छिन् ।

‘हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ । हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’, उनले भनिन्, ‘हामी प्लेन चढ्दा आफ्ना भगवानहरु पुकार्दै चढ्न नपरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस् । हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकुन् ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी