काठमाडौँ । गर्जाङ उपत्यका हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ५० करोडको २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
आइपीओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग साधारण सेयर निष्काशन सेवा सम्बन्धी दुई पक्षीय सम्झौता गरेको छ । सम्झौता पत्रमा गर्जाङ उपत्यका हाइड्रोपावरका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै मुक्तिनाथ क्यापिटलले सार्वजनिक रुपमा सेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउने छ, जसका लागि निष्काशन प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।निष्काशनकर्ता कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सम्झौतापत्र अनुसार सेयर निष्काशन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
गार्जाङ उपत्यका हाइड्रो पावर लिमिटेड २०६०/९/२९ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति गरिएको थियो र २०७०/१२/२४ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो ।
रामेछाप जिल्लामा अवस्थित कम्पनीको २.८३ मेगावाट क्षमताको रन-अफ-दि-रिभर प्रकारको चके खोला जलविद्युत आयोजना सञ्चालनमा छ, जुन आयोजनाले २०७४/८/२८ देखि व्यावसायिक उत्पादन सुरु गरी सकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्