×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेवाताल सफाइमा जुटे युवा, महानगर बेखबर (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फेवाताल सफाइमा जुटे युवा, महानगर बेखबर (तस्विरहरू)

Artha Sarokar

२५ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पर्यटकको आकर्षणको केन्द्र फेवाताल फोहोरले कुरुप बन्दै गएको छ । ड्यामसाइड क्षेत्रमा प्लास्टिकजस्ता फोहोर थुप्रिँदा तालको सौन्दर्यमा असर पुगेको हो ।

यही समस्यालाई देखेर छोरेपाटनका युवाहरु सक्रिय बनेका छन् । उनीहरूको २० जनाको समूहले फेवाताल सफा गर्न नियमित सरसफाइ अभियान चलाइरहेका छन् भने तालमा फोहोर नफाल्न सचेतना पनि बढाइरहेका छन् ।

महानगरपालिकाले फोहोर देखेर पनि कुनै चासो नराखेको उनीहरुको गुनासो छ । मनसुनको समयमा पोखराको फोहोर फिर्के खोला हुँदै फेवातालमा आइपुग्छ । यसैगरी सुक्खा समयमा फेवातालको पानी घट्दा सबै फोहोर ड्याम साइडमा जम्मा हुन्छ ।

स्थानीयको सक्रियता प्रशंसनीय भए पनि नगरपालिकाको ध्यान नपुग्नु चिन्ताको विषय बनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी