काठमाडौँ। अब सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई मोबाइल एपमार्फत मुद्धती निक्षेप धितोमा ऋण दिने भएको छ। बैंकले डिजिटल माध्यमबाट मुद्धती निक्षेप धितोमा कर्जा लिने नयाँ सुविधा सुरु गरेसँगै अब ग्राहकहरूले आकस्मिक आवश्यकतामा आफ्नो मुद्धती खाताको आधारमा मोबाइल एप प्रयोग गरेर सहज रूपमा ऋण प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो मुद्धती निक्षेपको अधिकतम ९० प्रतिशतसम्म, रु ५ हजारदेखि रु २ लाखसम्मको कर्जा लिन सक्नेछन्। ऋणको रकम स्वीकृत भएलगत्तै सोझै ग्राहकको बचत खातामा जम्मा हुने व्यवस्था गरिएको छ।
यो सेवा प्राप्त गर्न कुनै पनि प्रकारको भौतिक कागजात आवश्यक नपर्ने र सबै प्रक्रिया पूर्ण रूपमा अनलाइनबाटै सम्पन्न हुने भएकाले यसले समय, श्रम र स्रोतको उल्लेखनीय बचत गर्ने बैंकले जनाएको छ।
सिटिजन्स बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आफ्ना सेवाहरूलाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउन निरन्तर नयाँ नवप्रवर्तन गर्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्