×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन ६ गतेदेखि आउँदै बन्दिपुर केबलकारको आईपीओ, कस्तो छ कम्पनीको अवस्था ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साउन ६ गतेदेखि आउँदै बन्दिपुर केबलकारको आईपीओ, कस्तो छ कम्पनीको अवस्था ? 

Artha Sarokar

३० असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ गतेदेखि निष्कासनमा आउने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

जारी पूँजीको २ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार शेयर मध्येको १० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि शेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ । आम सर्वसाधारणका लागि जारीपूँजीको १८.७०७६ प्रतिशत अर्थात ५२ लाख ९४ हजार कित्ता शेयर जारी गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा २० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते सम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा भदौ २० गते बैंकिङ समयपछि हुनेछ ।  

आईपीओ निष्कासनका लागि कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको देखाउँछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले कम्पनीको कार्यालय, तल्लो स्टेशन, बन्दीपुर गाउँपालिका–४, आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिका–१ को कार्यालय र पालुङ्गटार नगरपालिका–७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । आवेदन दिँदा दरखास्त फारमको २ रुपैयाँ शुल्क भने बुझाउनुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी