Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने ४० रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौँ।  साताको कारोबारको तेस्रो दिन (आज ) मंगलबार सुनको मूल्य स्थिर रहेको छ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको हो ।

यता चाँदीको मूल्य भने ४० रुपैयाँले घटेर प्रतितोला २२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६५ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १९५०. ५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK