काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । र्याडिसन होटल काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा आइक्यानका निवर्तमान अध्यक्ष सीए प्रविणकुमार झा, महालेखा परीक्षक तोयम राया, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ लगायत उपस्थित थिए । आइक्यानको २९औं अध्यक्षका रूपमा सीए निलबहादुर सारु मगर र उपाध्यक्षमा सीए आनन्दराज शर्मा वाग्लेलाई कार्यक्रममा शपथ गराइएको थियो । आइक्यानले १०औं परिषद् दोस्रो कार्यकालका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण तथा ‘राष्ट्रिय बीपीए अवार्ड’ वितरण गरेको हो।
जसअन्तर्गत निजी क्षेत्रका बैंकहरूमा नबिल बैंकले गोल्ड, सिद्धार्थ बैंकले सिल्भर र नेपाल एसबीआई बैंकले ब्रन्ज अवार्ड पाप्त गरे भने एभरेस्ट बैंक, माछापच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले नपाल सर्टिफिकेट अफ मेरिट पाएको छ।
त्यस्तै, सावजनिक क्षेत्रका बैंकिङ संस्थामध्ये कृषि विकास बैंकले सिल्भर, वित्तीय सेवा क्षेत्रमा कामना सेवा विकास बैंकले गोल्ड, महालक्ष्मी विकास बैंकले सिल्भर र मक्तिनाथ विकास बैंकले ब्रन्ज अवार्ड पाप्त गरेका छन् भने प्रभु क्यापिटल लिमिटड, लुम्बिनी विकास बैंक र शाइन रेसङ्गा डेभलपमेन्ट बैंकले सर्टिफिकेट अफ मेरिट पाएका छन्। निर्जीवन बीमातर्फ नेपाल इन्स्योरन्स कम्पनीले गोल्ड, शिखर इन्स्योरन्स कम्पनीले ब्रन्ज र हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सर्टिफिकेट अफ मेरिट हासिल गरेको छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरन्स कम्पनीले सिल्भर र आईएमई लाइफले सटिफिकट अफ मेरिट पाएको छ।
कार्यक्रममा उत्पादन क्षेत्रमा युनिलिभर नेपाल लिमिटेडले गोल्ड, बोटलर्स नेपाल (तराई) लिमिटेड र हिमालयन डिस्टिलरी लिमिटेडले ज्वाइन्ट ब्रन्ज तथा बोटलर्स नेपाल लिमिटेडले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ भने पावर र ऊर्जा क्षेत्रमा बुटवल पावर कम्पनीले सर्टिफिकेट अफ मेरिट र सेवा क्षेत्रमा ओरिएन्टल होटल्स लिमिटेडले ब्रन्ज अवार्ड हासिल गरेको छ। आइक्यानको शपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रमका खास झलक तस्विरमा हेनुहोस्: