×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

Artha Sarokar

५ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१/८२ मा रु १२ अर्ब ९८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा रु १३ अर्ब २७ करोड राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

वार्षिक लक्ष्यको ९७ दशमलव ८ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले जानकारी दिएका छन् । विगतका केही वर्षमा आन्तरिक राजस्व विभागको राजस्व सङ्कलन लक्ष शतप्रतिशत पूरा हुन सकेको थिएन । आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा राजस्व रु दुई अर्ब ३५ करोड बढी राजस्व सङ्कलन गरी २५ दशमलव ७ प्रतिशतले वृद्धि भएको उनले बताए ।

विगतमा मासिक राजस्व सङ्कलनको लक्षसमेत पूरा गर्न नसकेको कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असार महिनामा सतप्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको प्रमुख कर अधिकृत पोखरेलले जानकारी दिएका छन् । कार्यालयले गत आर्थिक वर्षमा आयकरतर्फ रु एक अर्ब ७० करोड ११ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ८६ करोड आठ लाख र अन्तः शुल्कवापत रु नौ अर्ब एक करोड ५६ लाख बढी राजस्व सङ्कलन गरेको छ ।

सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तःशुल्कतर्फ आव २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ९५ करोडभन्दा बढी राजस्व उठेको थियो । त्यस्तै, आयकरतर्फ रु ३७ करोड (२८ दशमलव ३ प्रतिशत) र मूल्य अभिवृद्धि करतर्फ रु २९ करोड (१६ दशमलव ३ प्रतिशत)ले बढी राजस्व उठेको प्रमुख कर अधिकृत पोखरेलले बताएका छन् ।

देशको अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार देखिनु र उद्योग करकारखानमा उत्पादन क्षमता बढ्दा करको आकार स्वभाविक रुपमले बढेको उनको भनाइ छ । नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, करको दायरामा नआएका र छुटेकालाई दायरामा ल्याउने र बक्यौता असुलिमा तीव्रता दिएर कर बक्यौता असुलीलगायतका काममा ध्यान दिएर लाग्दा कर छल्नेलाई कारबाही गर्ने जस्ता कारणले राजस्व सङ्कलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोखरेलले बताएका छन् ।

यसका साथै सर्वसाधारणमा कर शिक्षा प्रवाह र अनुसन्धानको प्रभावकारीता, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी कर छल्नेमाथि अनुसन्धान र कारबाहीको दायरामा ल्याउने कार्यले राजस्व सङ्कलनको लक्ष्य नजिक पुग्न सकिएको उनी बताउँछन् । ‘अहिले कर बुझाउनुपर्छ । करको दायरामा जानुपर्छ भन्ने भावना आमनागरिकमा देखिएको र आम करदातामा करको सचेतना बढ्दै गएकाले राजस्व सङ्कलनमा सुधार भएको हो ।’, उनले भने ।

सरकारले राजस्व दाखिलालगायतका भुक्तानीका काममा डिजिटल प्रणाली लागू गरेपछि साना करदाता सेवाग्राहीलाई सहज भएको प्रमुख कर अधिकृत पोखरेल बताउँछन् । उनले डिजिटल प्रणाली लागू हुँदा करदाता सेवाग्राही कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा रुपन्देही जिल्लाका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं. १ देखि ४ र वडा नं. ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका वडा नं.५, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका पर्छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी