काठमाडौँ । हिमालयन बैंकको एफपिओ बाँडफाँट भएको छ । असार ३२ गतेदेखि साउन ४ गतेसम्म खुला रहेको बैंकको एफपिओ साउन १३ गते (मंगलबार) बाँडफाँट भएको हो ।
एफपिओमा आवेदन दिएका १७ लाख ८६ हजार ७ सय ८२ जनामध्ये ९ लाख २५ हजार ३७ जनाले १० कित्ता र भाग्यमानी ९ जनाले ११ कित्ताका दरले पाएका छन् । एफपिओ बैंकको केन्द्रीय कार्यालय, कमलादीमा बाँडफाँट भएको हो ।
एफपिओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको वेबसाइट र मेरो सेयरबाट पनि हेर्न सकिनेछ भने सीडीएस एण्ड क्लियरिङको वेबसाइटमार्फत र कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय ५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपिओ निष्कासनको अनुमति पाएको थियो । एफपिओ निष्काशन बाँडफाँट पछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्