Skip to content
LAXMI SUNRISE BANK

मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष पक्राउ, ६ करोड ठगीको आरोप

अर्थ सरोकार

काठमाडौँ । मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगरस्थित उक्त सहकारीको झण्डै ६ करोड अपचलन गरेर फरार भएका अध्यक्ष अशोक केसी पक्राउ परेका हुन् ।

२०८१ बैशाखदेखि फरार रहेका केसी भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ स्थित गठ्ठाघरबाट पक्राउ परेका हुन् । प्रहरी वृत्त थिमीसँगको समन्वयमा केसीलाई पक्राउ गरिएको हो ।

उनीमाथि बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार हिनामिना गरेको आरोप छ ।

केसीलाई पक्राउ गरी थप अनुसन्धनका लागि अदालतमा पेस गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK